खेल


पोखरालाई जितका लागि काठमाडौंले दियो १६६ रनको लक्ष्य

पोखरालाई जितका लागि काठमाडौंले दियो १६६ रनको लक्ष्य

काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई जितका लागि १६६ रनको लक्ष्य दिएको छ (सरोज नेपाल)


नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १३:३३, काठमाडौँ

नेपाल प्रिमियर लिगको बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई जितका लागि १६६ रनको लक्ष्य दिएको छ। 

भीम सार्की र वेन चाल्सवर्थको अर्धशतक सहयोगमा काठमाडौं गोखार्जले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्ससामु जितका लागि १ सय ६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको थियो। योसँगै ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६५ रनको योगफल तयार पार्‍यो।

काठमाडौंका लागि ओपनर वेनले ६४ रनको सर्वाधिक योगदान दिए। ५४ बलमा ५ चौका र २ छक्का सहयोगमा ६४ रन बनाएका वेन विपिन खत्रीको बलमा धनन्जय लक्षणको हातबाट क्याच आउट हुन पुगे। 

वेनले ४८ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरे। 

भीम सार्की  ५५ रन बनाउँदा क्याच आउट भए। २३ बलमा ५ चौका  ४ छक्का प्रहार गरेका धनन्जयको बलमा क्याच आउट भए। भिमले १९ बलमा ५ चौका ४ छक्का सहयोगमा अर्धशतक पूरा गरे। करण केसीले ४ रन बनाए। सन्नी पटेल २ रनमा अविजित रहे। 

मिलिन्द कुमारले १३ रन बनाउँदा कुशल भुर्तेलको बलमा विकेट किपरको हातबाट आउट हुन पुगे। आदिल आलम र रासिद खानले समान ७ रन बनाउँदै पेभेलियन फर्के। जोन सिमसन  २ रन बनाउँदा कुशल भुर्तेलको बलमा कट एण्ड बोल्ड हुन पुगे। आकाश त्रिपाठी शुन्य रनमा नै धनन्जय लक्षणको बलमा बोल्ड आउट भए। 

पोखराका लागि धनन्जय लक्षणले सर्वाधिक ४ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै १६ रन खर्चे। कुशल भुर्तेलले २ विकेट लिए। किरण ठगुन्नाले एक विकेट आफ्नो नाममा गरे। 

पोखराले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। 

काठमाडौंले आजको खेलमा जित निकाले प्लेअफमा स्थान पक्का गर्नेछ। पोखराको जितले काठमाडौले अन्य खेलको नतिजा कुर्नुपर्नेछ। 

पोखरा आजको खेलमा पराजित भए प्लेअफ यात्रा थप कठिन बन्नेछ। जित निकाले प्लेअफ सम्भावना थप बलियो बनाउनेछ।

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad