सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेका हुन्। प्लेअफ सम्भावना जिवितै राख्न चितवनलाई जित्नै पर्ने दबाब छ।
यो खेल सुदूरपश्चिमले जितेमा भने विराटनगर किंग्सको प्लेअफ सुरक्षित हुनेछ। विराटनगरको अहिले आठ अंक छ।
सुदूरपश्चिम १० अंकसहित शीर्षस्थानमा छ। त्यस्तै, चितवनको चार अंक मात्रै छ।
60
Shares

प्रतिक्रिया