सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा आज सुदूरपश्चिम रोयल्सले चितवन लाइनोजलाई पराजित गरेमा विराटनगर किंग्सको ‘प्लेअफ’मा स्थान पक्का हुने भएको छ।
आजसम्म दुई टोली ‘प्लेअफ’मा पुगेका छन्। सुदूरपश्चिम यसअघि नै प्लेअफमा पुगेको थियो भने आज पोखरा एभेन्जर्सलाई हराउँदै काठमाडौँ गोर्खाज पनि प्लेअफमा पुगिसकेको छ।
अंक तालिकामा सुदूरपश्चिम र काठमाडौँ समान १० अंकसहित पहिलो र दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा रहेको विराटनगरको आठ अंक छ। एक खेल बाँकी रहेको विराटनगर अन्तिम खेलमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ।
कर्णाली याक्स प्लेअफको दौडबाट बाहिरिसकेको छ। अंक तालिकामो पुछारमा रहेको जनकपुरको दुई अंक छ। अब बाँकी दुई खेल जितेमा जनकपुरको ६ अंक हुनेछ।
त्यस्तै, छैटौँस्थानमा रहेको चितवनको चार अंक छ। अब बाँकी खेलमा चितवन र पोखरा तथा लुम्बिनी र जनकपुरको प्रतिस्पर्धा रहेको छ।
त्यस्तैले आठ अंक पुग्ने सम्भावना लुम्बिनी र चितवनको मात्रै छ। चितवनले आजको खेल हारेमा भने आठ अंक पुग्नेछैन। त्यसैले आठ अंक रहेको विराटनगरको प्लेअफमा स्थान सुरक्षित हुनेछ।
Shares

प्रतिक्रिया