खेल


रोहित बने लगातार दोस्रो पटक सर्वाधिक रन बनाउने नेपाली ब्याटर

रोहित बने लगातार दोस्रो पटक सर्वाधिक रन बनाउने नेपाली ब्याटर

नेपालखबर
मंसिर २७, २०८२ शनिबार १७:४६, काठमाडौँ

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वाधिक रन बनाउने नेपाली ब्याटर बनेका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध तीन बलमा दुई चौका प्रहार गर्दै उनले सर्वाधिक रन बनाउने ब्याटर बनेका हुन्। उनको यो खेलअघि दुई सय ६० रन थियो। 

शनिबार फाइनल खेलमा १६ रन जोडेका छन्। यससँगै उनको दुई सय ७६ रन भएको हो।

दोस्रो नम्बरमा रहेका विनोद भण्डारीको एक सय ६४ रन छ। फाइनल खेलमा विनोद शून्यमा आउट भए। 

एनपीएलमा सर्वाधिक रन पोखरा एभेन्जर्सका एडम रोसिङटनको नाममा छ। उनले तीन सय २३ रन बनाएका छन्। 

एनपीएलको पहिलो सिजनमा पनि सर्वाधिक रन बनाउने नेपाली खेलाडी रोहित नै थिए। उनले सात खेलमा दुई सय ७९ रन बनाएका थिए। 

गत सिजनमा पनि सर्वाधिक बनाउने खेलाडीको सूचीमा उनी तेस्रो नम्बरमा थिए। उनीभन्दा अगाडि दुई जना विदेशी खेलाडी थिए। पहिलो नम्बरमा रहेका राहिरु मिलन्थाको दुई सय ९३ र दोस्रो नम्बरमा रहेका रवि बोपाराको दुई सय ८६ रन थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad