खेल


नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

नेपालखबर
पुस ६, २०८२ आइतबार ५:२०, काठमाडौँ

नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्।

शनिबार भएको खेलमा वैभवीले क्योरुगी, पुम्से र स्पीड किक विधामा स्वर्ण पदक जितेकी हुन्।

भारतको पश्चिम बङ्गाल राज्यको कालिम्पोङस्थित मल्टी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा वैभवीले भारतीय खेलाडीलाई पछि पार्दै क्योरुगी विधामा स्वर्ण पदक जितेकी हुन्।

त्यसैगरी वैभवीले पुम्से र स्पिड किक विधामा पनि अन्य खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितिन्।

प्रतियोगिता अल इन्डिया तेक्वान्दो फेडरेसन र युनाइटेड एमेच्योर तेक्वान्दो एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको छ।

उक्त प्रतियोगितामा तीन स्वर्ण पदक जित्ने वैभवी एकमात्र खेलाडी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad