नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल एसपीए कलेजको ब्रान्ड एम्बासडर बनेका छन्।
आइतबार एक कार्यक्रम गर्दै एसपीएका निर्देशक सुवासविक्रम शाही र मल्लले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार मल्ल एक वर्ष क्लबको सद्भावनादूतका रुपमा रहनेछन्।
खेलाडीलाई खेलसँगै आर्थिक रूपमा पनि सक्षम बनाउने उद्देश्यले कलेजले ब्रान्ड एम्बासडर नियुक्त गरेको निर्देशक शाहीले बताए।
सद्भावनादूत नियुक्त भएपछि मल्ले कलेजलाई धन्यवाद दिँदै यसले आफूलाई अझ जिम्मेवार भएर खेल क्षेत्रमा लाग्न थप प्रेरणा मिलेको बताए।
69
Shares

प्रतिक्रिया