खेल


सन्दीप लामिछाने आवद्ध राजशाही वारियर्सको पाचौँ जित

सन्दीप लामिछाने आवद्ध राजशाही वारियर्सको पाचौँ जित

नेपालखबर
पुस २७, २०८२ आइतबार २०:१०, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिएको खेलमा राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा पाचौँ जित दर्ता गरेको छ। जितसँगै राजस्थान १० अंकसहित दोस्रो स्थानमा पुगेको छ।

आइतबार भएको खेलमा राजशाहीले रगंपुर राइडर्सलाई ७ विकेटले पराजित गरेको हो। सेलहेट इन्टरनेशनल क्रिकेट स्टेडियममा राजशाहीले टस जितेर फिल्डिङ रोजेपछि रगंपुरले ब्याटिङ गरेको थियो। 

राजशाहीको जितमा सन्दीपले एक विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा २१ रन दिएर १ विकेट लिएका हुन्। रगंपुरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७८ रनको योगफल तयार पारेको थियो। 

१ सय ७९ रनको लक्ष्य राजशाहीले ५ बल अगावै ३ विकेटको क्षतिमा भेट्टायो। ओपनर मुहम्मद वसिमले ५९ बलमा ७ चौका र ४ छक्का सहयोगमा सर्वाधिक ८७ रनमा अविजित रहे। कप्तान नजमुल होसैनले ७६ रन थपे। 

राजशाहीले भोलि सोमबार ढाका क्यापिटल्सविरुद्ध खेल्नेछ। ढाका ४ अंकमा पाचौँ स्थानमा छ। 

५ खेलमा जित र २ खेलमा हार भोगेको राजशाहीले १० अंक बनाएको छ। समान खेल र जितबाट चट्टोग्राम नेट रनरेटमा अघि रहँदै शीर्ष स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad