ब्राजिलियन स्टार फरवार्ड नेयमार फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलको टोलीबाट बाहिरिएका छन्।
विश्वकपअघि ब्राजिलले फ्रान्स र क्रोएसियासँग मैत्रीपूर्ण खेल खेल्दै छ। मैत्रीपूर्ण खेलअघि मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यो वर्षको विश्वकपका लागि टोलीलाई अन्तिम रुप दिनुभन्दा अघि घोषणा गरिएको टोलीमा नेयमार छैनन्।
टोली घोषणापछि प्रशिक्षक एन्सेलोटीले नेयमार पूर्णरुपमा ठिक नभएको तर विश्वकप खेल्ने टोलीमा पर्न सक्ने बताएका छन्। उनले भनेका छन्, ‘मैले यसपटक नेयमारलाई बोलाइन किन भने उनी सय प्रतिशत ठिक छैनन्, हामीलाई पूर्ण रुपमा फिट खेलाडी चाहिन्छ। नेयमार विश्वकपमा हुन सक्छन् यदी उनी सय प्रतिशत खेल्न सक्छन् भने।’
चोटका कारण मैदान बाहिर रहेका ३४ वर्षीय नेयमार आइतबार मैदान फर्किएका थिए। इटालियन सिरी ‘ए’मा पूनरागमनपछिको खेलमा पूरै ९० मिनेट मैदानमा बिताएका थिए।
ब्राजिलले मार्च २६ मा बोस्टनमा फ्रान्स र मार्च ३१ मा ओर्लान्डोमा क्रोएसियासँग खेल्नेछ। विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुनेछ।
विश्वकपमा ब्राजिल समूह ‘सी’मा रहेको छ। जुन १३ मा ब्राजिलले मोरक्कोसँग खेल्नेछ। जुन १९ मा हाइटी र जुन २४ मा स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ।
Shares

प्रतिक्रिया