राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शहिद स्मारक एन्फा महिला लिग गर्न स्वीकृति नदिएपछि लिगका अन्य खेलहरु पनि स्थगित भएको छ।
लिग सञ्चालन गर्न राखेपले एन्फालाई स्वीकृति नदिएपछि लिग स्थगित गर्नुपरेको प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए।
उनले भने, ‘एन्फाले स्वीकृति दिन्छु भनेपछि महिला लिग सुरु गरेका थियौँ, अब स्वीकृति नदिएपछि खेलाडीको श्रम स्वीकृति पनि हुँदैन। त्यस्तो हुँदा लिग स्थगित गर्नुपरेको हो।’
बुधबारदेखि सुरु एन्फा महिला लिगमा चार खेल सम्पन्न भएका छन्। बिहीबारको अन्तिम खेलमा डेब्यु टोली चर्च ब्वाइज युनाइटेड क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जित दर्ता गरेको थियो।
च्यासल मैदानमा बिहीबारको दोस्रो खेलमा पुलिस क्लबले चर्च ब्वाइजलाई ५–० ले हराएको थियो।
आजै भएको पहिलो खेलमा बागमतीले आरएस रिसोर्ट एन्डबीच फुटबल क्लब पोखरालाई ५–४ गोलअन्तरले हराएको थियो।
एन्फाले आजै राष्ट्रिय लिगका क्लबहरुलाई पत्र पठाउँदै अन्य खेलहरु स्थगित गरेको जानकारी दिएको थियो।
अध्यागमन विभागले पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई नखेलाउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्रचार गरेपछि राष्ट्रिय लिगका खेलहरु अनिश्चित समयका लागि स्थगित भएको छ।
एन्फाले बिहिबार राष्ट्रिय लिगमा सहभागी क्लबहरुलाई पत्र लेख्दै प्राविधिक कारणले खेलहरु अर्को सुचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको बताएको हो।
Shares

प्रतिक्रिया