खेल


प्रधानमन्त्री कप एक दिवसीयका खेल अब तल्लो मूलपानीमा हुने, टीयूमा लिग २ को तयारी

प्रधानमन्त्री कप एक दिवसीयका खेल अब तल्लो मूलपानीमा हुने, टीयूमा लिग २ को तयारी

नेपालखबर
चैत ५, २०८२ बिहिबार १७:३५, काठमाडौँ

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भनिएका खेलहरु तल्लो मूलपानी क्रिकेट मैदानमा सारिएको छ। 

प्रतियोगिता पर्सि ७ गतेबाट सुरु हुँदै छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै आईसीसी मेन्स विश्वकप क्रिकेट लिग २ का तयारीका लागि टीयू मैदानको स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले प्रधानमन्त्री कपअन्तर्गत टीयू मैदानमा हुने खेल तल्लो मैदानमा सारिएको जनाएको हो। 

यसअघि पश्चिम एसिया द्धन्दका कारण लिग २ अन्तर्गत नेपाल, ओमान र युएईसम्मिलित त्रिकोणात्मक सिरिज अनिश्चत समयका लागि स्थगित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad