अनिल साहको कप्तानीमा अल इन्डिया गोल्ड कप खेल्ने नेपाल ‘ए’ टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले साहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा मयान यादव, तृतराज दास, देव खनाल, राशिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सर्राफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजवंशी र अर्जुन कुमाल छन्।
नेपाल ‘ए’ले मे ३० मा केरलासँग, ३१ मेमा गोआ, जुन २ मा ओडिशासँग खेल्नेछ। प्रतियोगिताको क्वार्टर फाइनल जुन ४, सेमिफाइनल जुन ६ र फाइनल जुन ७ मा सम्पन्न हुनेछ।
18
Shares

प्रतिक्रिया