पलेशा गोवर्धनले ११औँ संस्करणको पारा एसियन गेम्समा कास्य पदक जितेकी छन्।
मंगोलियामा भएको के ४४ विधाको ५७ केजी मुनि तौल समूहमा पलेशाले कास्य पदक हात पारेकी हुन्। बाइ पाएर सिधै सेमिफाइनलमा पुगेकी पलेशाले सेमिफाइनलमा इरानकी राहिमी जाहरासँग पराजित हुन पुगिन्। राहिमीसँग ११–० ले पराजित भएपछि पलेशाले कास्य पदकमा चित्त बुझाउनु पर्यो।
एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा उनको यो तेस्रो कास्य हो। यसअघि सन् २०१८ को पाँचौँ संस्करणको च्याम्पियनसिपमा र १०औँ संस्करणमा पनि कास्य पदक जितेकी थिइन्।
नेपालका अमिर ब्लोन र रेणु तामाङ भने राउन्ड अफ सिक्स्टिनबाट नै बाहिरिए। पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा जापानमा हुने एसियन पारा गेम्सको लागि भने सोझै छनोट भैसकेकी छन्। उनी वरियताको आधारमा सोझै छनोट भएकी हुन्।
Shares

प्रतिक्रिया