एसियन गेम्स महिला छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा आज बुधबार नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चीनसँग प्रतिस्पर्धा गर्दै छ।
मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल बिहान पौने १२ बजे सुरु हुनेछ।
पहिलो खेलमा इन्डोनेसियालाई हराएको चीन आजको खेलमा नेपाललाई हराउन गर्न चाहन्छ।
चीनले पहिलो खेलमा इन्डोनेसियालाई ३ विकेटले हराएको थियो।
नेपालले भने पहिलो खेल खेल्न लागेको हो।
समूह बीमा रहेको नेपालले बिहीबार इन्डोनेसियासँग खेल्नेछ।
तीन टोली रहेका समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
समूह एमा घरेलु टोली मलेसिया, हङकङ र थाइल्यान्ड छन्।
57
Shares

प्रतिक्रिया