खेल


आईपीएल एलिमिनेटरमा हैदराबाद र राजस्थान भिड्दै

आईपीएल एलिमिनेटरमा हैदराबाद र राजस्थान भिड्दै

नेपालखबर
जेठ १३, २०८३ बुधबार ८:२८, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा आज बुधबार सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दै छन्। 

न्यु चन्डीगढस्थित महाराजा यादाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। 

सनराइजर्स हैदराबाद तेस्रो र राजस्थान रोयल्स चौथो स्थानमा रहेर एलिमिनेटर खेल्न लागेका हुन्। यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। पराजित हुने टोली प्रतियोगिताबाटै बाहिरिनेछ।

विजेता टोलीले दोस्रो क्वालिफायर खेलमा गुजरात टाइटन्ससँग खेल्नेछ। गुजरात पहिलो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ९२ रनले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्ने भएको हो। 

अंक तालिकाका शीर्ष दुई टोलीसँग समान १८ अंक भए पनि नेटरनरेटमा पछि पर्दै सनराइजर्स हैदराबाद तेस्रो स्थानमा रह्यो। १६ अंक भएको राजस्थान रोयल्स चौथो स्थानमा छ। 

१४ खेलबाट हैदराबादले ९ खेलमा जित र ५ खेलमा हार भोग्दै १८ अंक बनाएको छ। समान खेलबाट ८ खेलमा जित र ६ खेलमा हार भोग्दै राजस्थान १६ अंकमा चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो। 

हैदराबाद र राजस्थानको पछिल्ला पाँच खेललाई हेर्ने हो भने हैदराबाद हाबी देखिएको छ। पछिल्ला पाँच भेटमै जित हासिल गरेको सनराइजर्सले आईपीएलको जारी सिजन पहिलो भेटमा ५७ रनको जित निकालेको थियो। दोस्रो खेलमा ५ विकेटले हराएको थियो। 

सनराइजर्स एलिमिनेटर खेलमा पनि सोही लयलाई कायम राख्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गर्न चाहन्छ। हैदराबाद पनि पछिल्ला खेलका नतिजालाई बिर्संदै मैदानमा उच्च प्रर्दशन गर्ने योजनामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad