खेल


एन्फा अध्यक्ष छिरिङको राजीनामा माग्ने सांसद यादवकै राजीनामा माग

एन्फा अध्यक्ष छिरिङको राजीनामा माग्ने सांसद यादवकै राजीनामा माग

नेपालखबर
जेठ २७, २०७७ मंगलबार १५:३९,

अखिल नेपाल फुटबल संघ (एन्फा)काे गण्डकी प्रदेश अन्तर्गतका जिल्ला समितिहरुले सांसद प्रदीप यादवकाे राजीनामा माग गरेका छन्।

गण्डकी प्रदेशका ८ सदस्य जिल्ला फुटबल संघका अध्यक्ष तथा प्रदेशबाट एन्फामा प्रतिनिधित्व गर्ने केन्द्रीय उपाध्यक्षसहित सहायक महासचिव र केन्द्रीय सदस्यहरुको मंगलबार बसेको भर्चुअल बैठकले सा‌ंसद यादवकाे राजीनामा मागेकाे हाे।

सांसद यादवले युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्मालाई एन्फाले १७ करोड रुपैयाँ दिएको भनेर लगाएकाे आरोप निराधार र कपोकल्पित भएकाे एन्फाका पदाधिकारीकाे ठहर छ। उनीहरुले त्यसलाई पुष्टि गर्न चुनाैती दिँदै सांसद यादवको राजीनामा माग गरेको बैठक पछि जारी विज्ञप्तिमा जनाइएकाे छ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले ग्रासरुट फुटबलको विषयमा दिएको अभिव्यक्तीलाई लिएर संसदमा प्रदिप यादवले मागेको राजीनामा सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै अध्यक्ष शेर्पाको अभिव्यक्तीलाई अतिरञ्जित र तोडमोड गरिएकाे विज्ञप्तिमा उल्लेख छ। शेर्पालाई काम गर्न नदिने षड्यन्त्रका साथै फुटबलको विकासलाई कमजोर पार्न एन्फा भित्रकै केही व्यक्तीहरु लागि परेको आरोप समेत उनीहरुले लगाएका छन्।

केही दिन अघि सांसद प्रदीप यादवले एन्फा अध्यक्ष छिरिङले मधेशी समुदायकाे राष्ट्रियताका विषयमा विवादास्पद अभिव्यक्ती दिएकाे र एन्फाबाट खेलकुद मन्त्रीले १७ कराेड रुपैयाँ लिएकाे आराेप लगाउँदै छिरिङले राजीनामा दिनुपर्ने बताएका थिए।

एन्फासँग १७ करोड लिएको प्रमाणित गर्न सांसद यादवलाई खेलकुदमन्त्रीको चुनौती

एन्फा अध्यक्ष छिरिङलाई कारबाही गर्न सांसदको माग 

यस्तै, गण्डकी प्रदेशस्थित कास्कीको भेडावारीमा ड्रिम प्रोजेक्ट अन्तर्गत १७ करोड ५५ हजारको लगानीमा बहुउदेश्यीय तालिम केन्द्र निमार्ण गर्ने निर्णयको ८ वटा जिल्ला फुटबल संघले स्वागत गरेका छन्। त्यसका लागि एन्फा केन्द्रलाई धन्यवाद दिने निर्णय गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। 

एन्फाको गत जेठ १९ गते बसेको बैठकले प्रत्येक जिल्ला फुटबल संघलाई प्रतियोगिता सञ्चालन गर्न र सचिवालय सञ्चालनका लागि एकमुष्ठ १० लाख र खेलकुद सामग्री खरिदका लागि १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। यस्तै बैठकले कोरोना भाइरसका कारण समस्यामा परेका खेलाडीलाई जिल्ला संघ मार्फत वितरण गर्नेगरि प्रत्येक जिल्लालाई ७५ हजारका दरले उपलब्ध गराउने निर्णयको पनि स्वागत गरेको छ। 

एन्फाको ड्रिम प्रोजेक्ट अन्र्तगत गण्डकी प्रदेशलाई छनोट गरेकोमा भ्रम सिर्जना गराई मिडियावाजी गरेकोमा गण्डकी प्रदेशका फुटबलकर्मीको ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

बैठकमा एन्फा उपाध्यक्ष कृष्ण बहादुर थापा, सहायक महासचिव विश्व पौडेल, केन्द्रीय सदस्य एल.वि. ज्वारचन, तनहुँ जिल्ला फुटबल संघका अध्यक्ष रत्नकुमार श्रेष्ठ, गोरखाका दिपेन्द्र श्रेष्ठ, मनाङका निरज गुरुङ, लमजुङका लोकेन्द्र गुरुङ, बाग्लुङका रामराज गुरुङ, स्याङ्जाका मुक्त राना र नवलपुरका सेत बहादुर पुन सहभागी थिए। यस्तै कास्की जिल्ला फुटबल संघबाट निलम्बित अध्यक्ष मिलन गुरुङपनि अध्यक्षको हैसियतमा नै बैठकमा सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad