समाज


कुवेतबाट बुधबार डेढ सय नेपाली फर्किंदै

कुवेतबाट बुधबार डेढ सय नेपाली फर्किंदै

नेपालखबर
जेठ २७, २०७७ मंगलबार १५:३४,

कुवेतले बुधबार एक सय ५० महिलालाई फर्काइदिने भएको छ। कुवेत सरकारले विभिन्न समयमा आममाफी दिएका नेपाली कामदारलाई आफैं नेपाल ल्याइदिने भएको हो।

त्यसमध्ये पहिलो उडानमा बुधबार करिब एक सय ५० जना नेपाल आइपुग्ने छन्।

त्यहाँ विभिन्न समयमा आममाफी पाएका करिब ३ हजार नेपाली रहेको कुवेतका लागि नेपाली राजदूत दुर्गा भण्डारीले बताए। बुधबार बिहान यसबारे थप स्पष्ट हुने राजदूत भण्डारीले नेपालखबरलाई बताए।

‘पहिलो फ्लाइटमा महिलालाई मात्रै पठाउने कुरा भएको छ, करिब डेढसय जना फर्किन्छन्। सबै कुरा प्रस्ट भइसकेको छैन,’ भण्डारीले भने।

कुवेतले पहिलो चरणमा आममाफी दिएका नेपालीलाई ल्याइदिने भएको हो। यीबाहेक स्वदेश फर्किन चाहने अरु पनि नेपाली छन्। त्यस्ता मानिस करिब ५ हजार रहेको राजदूत भण्डारीले बताए।

यसअघि शुक्रबार यूएईका कम्पनीले पनि १ सय ६८ जना नेपालीलाई स्वदेश फर्काइदिएका थिए। सोही दिन म्यानमारले पनि २६ जना नेपालीलाई ल्याइदिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad