खेल


युरोपियन च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

युरोपियन च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

नेपालखबर
असार २६, २०७७ शुक्रबार ११:४५,

यूईएफए च्याम्यिन्स लिगको क्वार्टरफाइनल खेलको तालिका सार्वजनिक भएको छ।

कोरोना भाइरस (कोभिड–१९)का कारण च्याम्पियन्स लिग स्थगित हुनुअघि नै ४ टोलीले अन्तिम ८ मा स्थान पक्का गरिसकेका छन्।

अगष्ट ७ र ८ मा हुने राउन्ड अफ १६ का बाँकी खेल सम्बन्धित क्लबहरुले छलफल गरेर स्थानको टुंगो लगाउनेछन्। क्वार्टरफाइनलमा भ्यालेन्सिया वा एटलान्टा र लिपजिङ र टोननह्यामबीच खेल हुनसक्नेछ।

अर्को खेलमा लिभरपुल, एटलेटिको मड्रिड वा पेरिस सेन्ट मर्जन (पीएसजी) र डर्टमन्डबीच खेल हुनेछ। यस्तै युभेन्टस, ओलम्पिक लियोनाइस र म्यानचेष्टर सिटी र रियल मड्रिडबीच खेल हुन सक्नेछ। अन्तिम चरणमा वायर्न, चेल्सी तथा बार्सिलोना र नेपोलीबीच जोसुकै टिमसँग पनि खेल हुन सक्नेछ।

क्वार्टरफाइनल चरणदेखि सबै खेल पोर्चुगलको लिस्बनमा हुनेछ। क्वार्टरफाइनलका खेल भने अगष्ट १२ देखि १५ सम्म हुनेछ। १८ र १९ मा सेमिफाइलका खेलहरु हुनेछन् भने फाइनल खेल २३ तारिखमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad