खेल


प्रतियोगिताभरि नै हामीले राम्रो क्रिकेट खेलेनौं: पारस खड्का

प्रतियोगिताभरि नै हामीले राम्रो क्रिकेट खेलेनौं: पारस खड्का

नेपालखबर
साउन १२, २०७६ आइतबार ७:२१,

एसिया छनौटमा सहभागि ५ टोलीमध्ये शीर्ष स्थानमा रहने टोली ग्लोबल छनौटमा पुग्ने प्रावधान थियो। नेपाललाई पराजित गर्दै सिंगापुर ७ अंकसहित शीर्षमा रहँदै ग्लोबल छनौटमा रह्यो। दुई खेल हारेको नेपाल ४ अंकसहित तेस्रो स्थानमा रह्यो।

त्योसँगै ग्लोबल छनौट हुँदै विश्वकप खेल्ने नेपालको सपना समेत तुहिएको छ। नेपालले एसिया छनौटको पहिलो खेलमा नै कमजोर मानिएको कतारसँग अप्रत्यासित पराजय भोगेको थियो। त्यही कतारले नै नेपाललाई उछिनेर दोस्रो स्थानमा रहँदै नेपालले लगाएको मेडेल समेत छिनेर लग्यो।

दोस्रो खेलमा मलेसिया र तेस्रो खेलमा कुवेतलाई पराजित गरेपछि नेपाललाई ग्लोबल छनौटमा पुग्न अन्तिम खेलमा सिंगापुरविरुद्ध गर या मरको स्थिति बनेको थियो। तर, ब्याटिङ, बलिङ र फिल्डिङ तिनवटैमा सिंगापुरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल लज्जास्पद हार बेहोर्नुपर्यो।

खेलपछि कप्तान पारस खड्काले भने, ‘सिंगापुरले आज निकै उत्कृष्ट खेल्यो। यो ब्याटिङका लागि पनि राम्रो पीच थियो। त्यसको सदूपयोग गर्दै उनीहरुले अधिकतम रन बनाए। त्यो लक्ष्यलाई भेटाउन सकिन्थ्यो। हामीले राम्रो ब्याटिङ गर्न सकेनौं। हामीले यस प्रतियोगिता भरि नै राम्रो क्रिकेट खेलेनौं। आशा छ आगामी प्रतियोगितामा हामी अझै बलियो भएर आउँनेछौं।’

पारसले बलिङको भने बचाउ गरे। उनले भने, ‘हामीले बलिङ त सही ठाउँमा राखेका थियौं तर उनीहरुले निकै राम्रो ब्याटिङ गरे। यो राम्रो विकेट थियो। हामीले राम्रो ब्याटिङ गर्नुपथ्र्यो। यदि तपाईसँग विश्वकप खेल्ने सपना छ र त्यसका लागि ग्लोबल क्वालिफायर खेल्नुछ भने १ सय ९० रनको स्कोर पछ्याउन सक्नुपर्छ। तर, दुर्भाग्यवश आज हाम्रो दिन थिएन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad