खेल


पीएम कप क्रिकेटः नन्दन र तिलकको घातक बलिङपछि पुलिसले वाग्मतीलाई दियो ११२ रनको लक्ष्य

पीएम कप क्रिकेटः नन्दन र तिलकको घातक बलिङपछि पुलिसले वाग्मतीलाई दियो ११२ रनको लक्ष्य

नेपालखबर
माघ ४, २०७७ आइतबार ६:२,

नन्दन यादव र तिलक भण्डारीले घातक बलिङ गरेपछि वाग्मती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा १ सय १२ रनको झिनो लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाग्मती प्रदेशले टस जितेर फिल्डीङ रोजेपछि ब्याटिङ गरेको पुलिस क्लव २९ दशमलव ३ ओभरमा १ सय ११ रनमा अलआउट भयो।

पुलिस क्लवलाई कम स्कोरमा रोक्न ७ दशमलव ३ ओभर बलिङ गरेका भण्डारीले १ मेडन राख्दै १७ रन खर्चेर ४ विकेट झारे।

यता ९ ओभर बलिङ गरेका यादवले १ मेडन राख्दै ३१ रन खर्चेर ४ विकेट नै झारे। ६ ओभर बलिङ गरेका रामनरेश गिरीले ३० रन खर्चेर २ विकेट आफ्नो नाममा गरे।

No description available.

यता दिपेन्द्र सिंह ऐरि र आरिफ शेखले जोडेको समान २१ रन नै पुलिसका लागि सर्वाधिक रह्यो। सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन जोडे। १० बलको सामना गरेका अमित श्रेष्ठले १ छक्का प्रहार गरे।

पुलिसका सात खेलाडीले दोहोरो अंकको स्कोर छुन नसक्दा ४ खेलाडी भने १ रनमा पवेलियन फर्के। सागर ढकाल १ रनमा नै नटआउट रहे। बाग्मतीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad