काठमाडौंको दशरथ रंगशालामा शनिबार सम्पन्न नेपाल सुपर लिगको फेयर प्लेको उपाधि बुटवल लुम्बिनी फुटबल क्लबले पाएको छ।
लिगमा ५० हजार नगद पुरस्कार रहेको इमर्जिङ प्लेयर (उदियमान खेलाडी) को उपाधिका लागि विश्वास श्रेष्ठ चयन भएका छन् भने उत्कृष्ट कोचमा बालगोपाल महर्जन छानिएका छन्।
उत्कृष्ट गोलकिपरमा किरणकुमार लिम्बु, उत्कृष्ट डिफेन्डरमा दिनेश राजबंशी, उत्कृष्ट मिडफिल्डरमा मैसोके ओलुमोउले र उत्कृष्ट फरवार्ड अन्जान विष्ट छानिएका छन्।
पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनलमा धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो।
यो पनि:
धनगढीलाई हराउँदै काठमाडौं रेजर्स बन्यो एनएसएल च्याम्पियन

प्रतिक्रिया