खेल


सरकारले खेलकुदको लागि छुट्यायो २ अर्ब ७४ करोड बजेट, पहिलेभन्दा ३८ करोड बढी

सरकारले खेलकुदको लागि छुट्यायो २ अर्ब ७४ करोड बजेट, पहिलेभन्दा ३८ करोड बढी

नेपालखबर
जेठ १५, २०७८ शनिबार १२:२२,

अर्थमन्त्री विष्णु पौडेलले संसद् विघटन भएका कारण यसपटक अध्यादेशमार्फत ल्याएको २०७८–७९ को बजेटमा खेलतर्फ २ अर्ब ७४ करोड बजेट विनियोजन गरिएको हो।

 खेल क्षेत्रको यो बजेट गत वर्षको भन्दा ३८ करोडले बढी हो। सरकारले गतवर्ष २०७७–७८ मा युवा तथा खेलकुदतर्फ २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।

यसपटकको बजेटले झापाको दमकमा अन्तर्राष्ट्रियस्तरको रगंशाला २ वर्षभित्रमा सञ्चालनमा ल्याउनेगरी निमार्ण प्रारम्भ गर्नेछ।

त्यस्तै बाँकेको नेपालगञ्ज, रुपन्देहीको भैरहवा, मोरको वैदनाथ, काठमाडौको मुलपानी, कन्चनपुरको महेन्द्रनगर र दाङको लमहीमा क्रिकेट स्टेडियम बनाउन आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताएका छन्।

उनका अनुसार पोखरा रगंशाला निमार्ण कार्य आगामी वर्ष सम्पन्न गरिनेछ। सक्रिय खेलजिवनबाट निवृक्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराईने छ।

यस्तै धनगढी, विरेन्द्रनगर, नेपालगञ्ज, विरगञ्ज, जनकपुरधाम र इटहरीमा प्रदेशिक रगंशाला निमार्ण कार्य अगाडी बढाइने बजेटको लक्ष्य छ।

बजेटमार्फत १ सय ६८ स्थानीय तहमा खेलग्राम निमार्ण गर्न आवश्यक रकम छुट्टाइएको छ। आगामी वर्ष पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद पनि आयोजना गरिनेछ।

सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा उच्च पर्वतीय तालिम केन्द्र बनाउन आवश्यक बजेट छुट्टाइएको छ भने नेपाललाई खेल पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न अन्तराष्ट्रियस्तरको खेल विद्यालयको सम्भाव्यता अध्ययन गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad