फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलको पहिलो हाफमा नेपाल २–० गोल अन्तरले पछि परेको छ।
कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा नेपाल २–० गोल अन्तरले पछि परेको हो।
नेपाल पहिलो हाफमा नै १० खेलाडीमा सीमित हुन पुगेको छ। पहिलो हाफको अन्तिम मिनेटमा डिफेन्डर रोहित चन्द रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भए।
पहिले हाफको छैटौँ मिनेटमा नै नेपाल १–० गोलले पछि परेको थियो। कप्तान म्याथु लेकीले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका हुन्।
खेलको ३८ औँ मिनेटमा फ्रान्क कारासिकले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर पारे।
छनोट चरणको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको थियो।
3
Shares
प्रतिक्रिया