खेल


बस्ने चाहना हुँदा पनि मड्रिडबाट विदा भए रामोस, मेस्सीलाई भने क्लब नछाड्न बार्साको बिन्ती

बस्ने चाहना हुँदा पनि मड्रिडबाट विदा भए रामोस, मेस्सीलाई भने क्लब नछाड्न बार्साको बिन्ती

नेपालखबर
असार ३, २०७८ बिहिबार १०:२९,

मार्काका अनुसार रामोसको तलबमा १० प्रतिशत कटौती हुँदा उनको सम्झौता मात्र एक वर्षको लागि बढाइयो।

तर क्बलमै रिटायर हुने सोच राखेका ३५ वर्षको रामोसलाई क्लबको यी योजना ठिक लागेन जसका कारण उनको बिहीबार क्लबबाट विदाई हुँदैछ।

कुन क्लबमा जाने हो त्यो टुंगो नलागी कप्तान रामोस मड्रिडबाट विदा हुँदैछन्। यसअघि हालै सोही क्लबका प्रशिक्षक जिनेदिन जिदानले पनि प्रशिक्षक पदबाट राजीनामा दिएका थिए।

उनले क्लबमा बस्ने इच्छा हुँदा पनि आफूलाई क्लब प्रशासनबाट सम्मानजनक व्यवहार नभएपछि क्लब छाड्नु परेको बताएका थिए।

यसअघि स्टार क्रिस्टियानो रोनाल्डो पनि मड्रिड छाड्न चाहँदैन थिए। तर उमेर बढेको भन्दै क्लब प्रमुख फ्लोरेन्टिनो पेरेजले रोनाल्डोलाई युभेन्ट्समा बेचिदिएका थिए।

तर फुटबल क्लब बार्सिलोनाले लियोनल मेस्सीलाई गरेको व्यवहार भने मड्रिडको भन्दा नितान्त फरक छ।

मेस्सीलाई नयाँ सिजन फ्रि–ट्रान्सफरमा बार्सा छाड्न कसैले रोक्न सक्दैन। तर क्लबका प्रमुख जोआन लापोर्ताले भने मेस्सीलाई क्लब नछाड्न आग्रह गरिरहेका छन्।

मेस्सीले गत सिजन क्लब छाड्छु भन्दा क्लबले क्लब प्रमुख नै परिवर्तन गर्‍यो, जोसेप मारिया बार्टेमेउ दबाबपछि राजीनामा दिन बाध्य भएका थिए। त्यसबेला उनको र मेस्सीको सम्बन्ध राम्रो थिएन।

हालका क्लब प्रमुख लापोर्ताले आफू क्लब प्रमुखको पदमा निर्वाचित भए मेस्सीले क्लब नछाड्ने दाबी गर्दथे। अन्ततः उनी नै क्लब प्रमुख बने।

निर्वाचित भएर पदभार सम्हाल्ने समारोहमा उपस्थित मेस्सीलाई हेर्दै लापोर्ताले ‘बार्सालाई मेस्सीको खाँचो’ छ भनेका थिए।

बुधबार मात्र लापोर्ताले मेस्सी र बार्साबीच नयाँ सम्झौता नभएको जानकारी दिएका छन्। यद्यपी उनले मेस्सीले क्लब नछाड्ने दाबी गरेका छन्।

बार्सिलोना मेस्सीलाई क्लबमै राख्नको लागि आतुर भएको र आफूहरु मेस्सीको निर्णयको पर्खाइमा रहेको उनको भनाइ छ।

मेस्सी भने यतिबेला कोपा अमेरिकामा व्यस्त छन्। उनी अर्जेन्टिनालाई उपाधि दिलाउन दृढ देखिएका छन्।

मेस्सीले बार्सिलोनाबाटै खेल जीवन त्याग्ने बताउने गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad