नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले भदाैं १९ हुने कुवेतविरुद्धको खेलका लागि किरणलाई कप्तानी दिएका हुन्।
विराज कप्तान हुँदा किरण टोलीका उपकप्तान थिए। फिटनेसमा समस्या देखिएपछि विराज टिममा नपरेका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कुवेतसँगको अवे खेल खेल्न जाने नेपाली टोलीको विदाई गरेको छ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिब रमेश सिलवाल लगायतले टोलीलाई विदाई गरे। नेपाली टोली आइतबार बिहान कुवेत प्रस्थान गर्नेछ।
नेपालले कुवेत र चाइनिज ताइपेसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा बिहिबार नै गरिसकेको छ। नेपालले ताइपेसँग भदौ २४ गते उसैको मैदानमा खेल्दैछ।
विश्वकप छनोटमा नेपाल समूह 'बी' मा रहेको छ। नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन्।
नेपाली टिम :
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई
फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रतिक्रिया