क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ७ सय गोल पुरा गरेका छन्।
सोमबार युरो कप छनोट अन्तर्गत युक्रेनविरुद्वको खेलमा पोर्चुगलका कप्तान रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै ७ सय गोलको कोशेढुंगा पुरा गरेका हुन्।
रोनाल्डोले ९ सय ७३ खेल खेल्दै ७ सय गोल पूरा गरेका हुन्। देशका लागि भने रोनाल्डोको यो ९५औ गोल हो।
रोनाल्डोले गोल गरेपनि पोर्चुगल २–१ ले पराजित भएको थियो। युक्रेनले पोर्चुगलविरुद्व जित निकाल्दै समुह बीबाट युरो कपमा छनोट भएको छ।
रोनाल्डो करिअरमा सर्वाधिक गोल गर्ने चेक–अष्ट्रेलियनका जोसफ बिकानको ८ सय ५ गोलको कीर्तिमान भन्दा भने अझै १ सय ५ गोलले पछि छन्।
त्यसबाहेक रोनाल्डो भन्दाअघि ब्राजिलका रोमारियो (७ सय ७२), पेले (७ सय ६७), हंगेरीका लिजेण्ड फेरेन्क पुस्कास (७ सय ४६) र जर्मनीका थोमस मुलर (७ सय ३५) छन्।

प्रतिक्रिया