खेल


साह्रै हलुको घडी लगाउँछन् पेप, गह्रौँ छ यसको मूल्य, कति?

साह्रै हलुको घडी लगाउँछन् पेप, गह्रौँ छ यसको मूल्य, कति?

उक्त घडी सीमित संस्करणको र मात्र बनेका ५० वटामध्येको एक हो (रोयटर्स)


नेपालखबर
बैशाख २, २०८१ आइतबार १७:५३, काठमाडौँ

गत मंगलबार म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको पहिलो लेगमा रियल मड्रिडसँग भिडिरहेको थियो।

सिटी प्रशिक्षक पेप ग्वार्डिएला आफ्नो टिमको प्रदर्शन हेरिरहेका थिए। तर दुनियाँचाहिँ उनले पहिरिएको घडीमा नजर लगाइरहेको थियो। 

हुन पनि ग्वार्डिएलाले पहिरिएको घडी सामान्य थिएन। रिचार्ड मिले ब्रान्डको उक्त घडी १२ लाख ६० हजार अमेरिकी डलर मूल्यको भएको बताइएको छ। 

टीएनटी स्पोर्टका अनुसार उक्त घडी सीमित संस्करणको र मात्र बनेका ५० वटामध्येको एक हो। जुन साह्रै हलुका छ। यसका डिजाइनरका अनुसार यसको तौल फित्तासहित १८.८३ ग्राम मात्र छ।  

यो तौल भनेको चारवटा एफोर आकारका पन्नाबराबर हो। 

यो घडी टेनिस खेलाडी रफाइल नडालका लागि डिजाइन गरिएको थियो। तौल घटाउन सोहीअनुसार यसको डिजाइन गरिएको छ। 

कार्बन, टिटानियम, चार स्टिल केबल (सबै ०.३५ एमएमका) ले घडीको निर्माण गरिएको छ। सीएनएनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .