खेल


इतिहासकै पहिलो डलर अर्बपति फुटबल खेलाडी बने क्रिस्टियानो रोनाल्डो

इतिहासकै पहिलो डलर अर्बपति फुटबल खेलाडी बने क्रिस्टियानो रोनाल्डो

नेपालखबर
असोज २३, २०८२ बिहिबार १३:५२, काठमाडौँ

पोर्चुगलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो इतिहासकै पहिलो डलर अर्बपति फुटबल खेलाडी बनेका छन्। 

यस वर्षको सुरुतिर साउदी अरेबियाली क्लब अल नासारसँगको सम्झौतामा हस्ताक्षरसँगै उनी अर्बपति खेलाडी बनेको ब्लुमबर्गले जनाएको छ। 

रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड र युभेन्टसका पूर्वखेलाडी रोनाल्डो आफ्नो खेलजीवनको उत्तरार्द्धमा रहे पनि फुटबलमा धेरै आम्दानी गर्नेमा अग्रपंक्तिमा आउँछन्। 

हाल उनी साउदी अरेबियामा फुटबल खेलिरहेका छन्। सोही कारण उनी पहिलो अर्बपति खेलाडी बनेका हुन्। उनी सन् २०२३ को जनवरीमा साउदी प्रो लिग खेल्न हिँडेका थिए। सो क्रममा उनी सबैभन्दा धेरै पैसा कमाउने खेलाडी बनेका थिए। उनको वार्षिक आम्दानी नै २० करोड अमेरिकी डलर हाराहारीमा थियो। 

सन् २०२५ जुनमा ४० वर्षीय रोनाल्डोले दुई वर्षे नयाँ सम्झौता गरेका थिए। जुन मिडिया रिपोर्टहरुका अनुसार ४० करोड डलरभन्दा बढी आम्दानीको छ। र यसमा कर समेत नलाग्ने बताइएको छ। 

सोही सम्झौताले उनको कुल सम्पत्ति १.४ अर्ब डलर पुगेको ब्लुमबर्गले उल्लेख गरेको छ। त्यसबाहेक रोनाल्डोका अन्य आम्दानी स्रोतहरु समेत रहेका छन्। पाँचपटक प्रतिष्ठित ब्यालन डिओर विजेता उनले चर्चित ब्रान्ड नाइकसँग वार्षिक १ करोड ८० लाख डलरको सम्झौता गरेका छन्। यसबाहेक अर्मानी र क्यास्ट्रोलजस्ता ब्रान्डहरुसँग थप १७ करोड ५० लाख डलरको सम्झौता समेत छ। 

रोनाल्डोसँग ठूलो परिमाणमा ग्लोबल रियल इस्टेट पोर्टफोलियो समेत छ। पोर्चुगल र स्पेनजस्ता धेरै देशहरुमा उनको व्यवसाय छ। पाँचपटक युरोपेली च्याम्पियन्स लिग जितेका उनी चर्चित बास्केटबल खेलाडी माइकल जोर्डन र टेनिसका सुपरस्टार रोजर फेडेररजस्ता धनी खेलाडीसँगको तुलनामा आएका छन्। सीएनएनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad