ad ad

खेल


त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पीएनजीसँग भिड्दै नेपाल

त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पीएनजीसँग भिड्दै नेपाल

फाइल तस्बिर


नेपालखबर
फागुन ३०, २०८० बुधबार ७:१४, काठमाडौँ

हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि नेपाल आज (बुधबार) पपुवा न्यु गिनी (पीएनजी) सँग भिड्दै छ। 

हङकङको मोङ कोक मैदानमा हुने फाइनल खेल नेपाली समयानुसार बिहान ११:४५ बजे सुरु हुनेछ।  

नेपाल पीएनजीलाई नै ८५ रनले हराउँदै शीर्ष स्थान रहेर फाइनलमा पुगेको हो भने पीएनजीले हङकङलाई १० विकेटले हराएर नेपालसँगको भेट पक्का गरेको हो। 

नेपाल पीएनजीविरुद्धको अपराजित यात्रा कायमै राखेर उपाधि जित्ने योजनामा छ। 

यस्तो छ हेड टु हेड
नेपाल र पीएनजीबीच हालसम्म पाँचवटा टी–२० आई खेलमा भिडेका छन्।

जसमा नेपाल चार र पीएनजीले एक खेलमा विजयी भएका छन्। पीएनजीले सन् २०१५ यता नेपाललाई हराउन सकेको छैन। 

यी दुई क्रिकेट टिम आसन्न टी–२० विश्वकपको तयारीस्वरूप सिरिजमा सहभागी भएका हुन्।

आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने विश्वकपमा नेपाल ‘डी’ तथा पीएनजी ‘सी’ समूहमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .