खेल


अस्ट्रियाको विजय सुरुवात, जोर्डनको डेब्यु खराब

अस्ट्रियाको विजय सुरुवात, जोर्डनको डेब्यु खराब

नेपालखबर
असार ३, २०८३ बुधबार १२:१, काठमाडौँ

अस्ट्रियाले जारी विश्वकपमा विजय सुरुवात गरेको छ। 

बुधबार बिहान भएको समूह ‘जे’को खेलमा उसले जोर्डनलाई ३–१ ले हराएको हो।

यससँगै अस्ट्रिया ३ अंक जोडेर समूहको दोस्रो स्थानमा उक्लिएको छ। 

उता पहिलोपटक विश्वकप खेलेको जोर्डनको भने डेब्यु नै खराब बनेको छ।

अमेरिकाको क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा भएको प्रतिस्पर्धामा २१औँ मिनेटमा रोमानो स्मिडले गोल गरी अस्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए।

तर पहिलो हाफपछि जोर्डनका अली ओलवानले गोल फर्काएपछि बराबरी भएको थियो।

तर खेलको ६७औँ मिनेटमा जोर्डनका याजन अल अरबले आत्मघाती गोल गरेपछि अस्ट्रिया २–१ ले फेरि अगाडि भएको थियो।

दोस्रो हाफको इन्जुरी समयमा डी–बक्सभित्र जोर्डनका खेलाडीको हातमा बलले लागेपछि पाएको पेनाल्टीमा मार्को अर्नाटोभिक मार्कोले गोल गरेर अस्ट्रियालाई ३–१ को जित दिलाएका हुन्।     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad