स्पेनलाई पराजित गर्दै दक्षिण एशियाली पावर हाउस जापान लगातार दोस्रोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
सन् १९९८ बाट विश्वकपमा सहभागिता जनाउन थालेको जापान चौथो पटक नकआउट चरणमा पुगेको हो। यो अघि सन् १९९८, २००६ र २०१४ मा भने समुह चरणबाटै बाहिरिएको थियो।
समुह इ मा रहको जापानले समुह चरणको पहिलो खेलमा ४ पटकको विश्व विजेता जर्मनीलाई २–१ ले हराउँदै विश्वकपको यात्रा सुरु गरेको थियो।
दोस्रो खेलमा कोस्टारिकासँग १–० ले पराजित भएको जापानले समूह चरणको अन्तिम खेलमा सन् २०१० विजेता स्पेनलाई २–१ ले हराउँदै समुह विजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको हो।
जापानको जितमा रिस्तु डोन, एओ तनाकाले गोल गरे। स्पेनका लागि अल्भारो मोराटाले गोल गरे।
खेलको ११ औँ मिनेटमा जापानविरुद्ध सुरुवाती अग्रता बनाएपनि स्पेनले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाउन सक्यो। खेलको ४८ औँ मिनेटमा रिस्तुले बराबरी गोल गर्दै जापानलाई खेलमा फर्काए। त्यसको तीन मिनेटपछि नै तनाकाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।
खेलमा थप गोल हुन नसक्दा जापान शीर्ष स्थानमा रहेर अघिल्लो चरणमा जाँदा पराजित स्पेन पनि समूह उपविजेताको रुपमा नकआउट चरण पुगेको छ। जापानले ३ खेलबाट ६ अंक जोडेको छ।
दोस्रो स्थानमा रहेको स्पेन ४ अंक बनाउँदै अघिल्लो चरण पुगेको हो। समान अंक भएको जर्मनी गोल अन्तरमा पछि पर्दै समूह चरणबाटै बाहिरियो। २०१४ को च्याम्पियन जर्मनी लगातार दोस्रोपटक समूह चरणबाट बाहिरिएको हो।
प्रतिक्रिया