ad ad

खेल


लगातार दोस्रो पटक समूह चरणबाटै बाहिरियो जर्मनी

लगातार दोस्रो पटक समूह चरणबाटै बाहिरियो जर्मनी

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार २:४२, काठमाडौँ

चार पटकको विश्व विजेता जर्मनी समूहचरणबाटै बाहिरिएको छ। कोस्टारिकालाई अन्तिम खेलमा ४–२ ले पराजित गरे पनि गोलअन्तरका आधारमा पछि पर्दै जर्मनी बाहिरिएको हो।

अर्को खेलमा स्पेन पराजित भएपनि अन्तिम १६ मा पुगेको छ। जापानले स्पेनलाई २–१ ले पराजित गरेको हो। यो समूहबाट जापान विजेता र स्पेन उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन्। 

जर्मनी २०१४ को विश्वकप च्याम्पियन हो। त्यसपछि लगातार समूह चरणबाटै बाहिरिएको हो। पहिलो खेलमा जापानसँग पराजित भएको जर्मनी दोस्रो खेलमा स्पेनसँग १–१ को बराबरी खेलेको थियो। अन्तिम खेलमा कोस्टारिकालाई ४–२ ले पराजित गरेको हो। 

तर जर्मनी गोलअन्तरमा स्पेनभन्दा ५ गोलले पछि पर्दा बाहिरिनु परेको हो। समूहका ३ खेलमा ९ गोल गरेको स्पेनले ३ गोल खाएको थियो। ६ गोल गरेको जर्मनीले ५ गोल खाएको थियो। 

जर्मनीलाई समूह चरणको पहिलो खेलमा जापानसँगको पराजय महंगो पर्यो। गएको विश्वकपमा दक्षिण कोरियासँग अन्तिम खेलमा पराजित हुँदै जापान बाहिरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .