ad ad

खेल


घाना बन्यो एउटै टोलीविरुद्ध विश्वकपमा दुईपटक पेनाल्टी गुमाउने टोली

घाना बन्यो एउटै टोलीविरुद्ध विश्वकपमा दुईपटक पेनाल्टी गुमाउने टोली

नेपालखबर
मंसिर १७, २०७९ शनिबार ०:१५, काठमाडौँ

घानाले सन् २०१० को विश्वकपमा इतिहासकै सबैभन्दा राम्रो प्रदर्शन गरेको थियो।

उक्त विश्वकपमा यो टोली विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको थियो। क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध भएको खेलमा पाएको पेनाल्टीमा गोल गर्ने अवसर गुमाउँदा यो टोली बाहिरिएको थियो।

शुक्रबार त्यही उरुग्वेविरुद्ध घानाले खेलको १९ औं मिनेटमा पेनाल्टी पाएको थियो। यद्यपि यो विश्वकपमा पनि घानाले सन् २०१० कै नियति दोहोर्‍यायो।

पेनाल्टीमा गोल गर्न चुकेको घानाले खेलमा दुई गोल खान पुग्यो र समूहचरणबाटै यसपटकको विश्वकप टुंग्याउन बाध्य भयो। 

यससँगै घाना एउटै टोलीविरुद्ध विश्वकपमा दुईओटा पेनाल्टी गुमाउने पहिलो टोली बनेको छ। सन् १९६६ मा विस्तृत जानकारी राख्न थालिएयता कुनै पनि टोलीले विश्वकपमा एउटै टोलीविरुद्ध दुईपटक पेनाल्टी गुमाएका थिएनन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .