खेल


निकलसको गोलमा स्पेनसँग हारबाट जोगियो जर्मनी, नकआउट पुग्ने सम्भावना कायम

निकलसको गोलमा स्पेनसँग हारबाट जोगियो जर्मनी, नकआउट पुग्ने सम्भावना कायम

नेपालखबर
मंसिर १२, २०७९ सोमबार २:३९, काठमाडौँ

निकलस फ्युलक्रगको गोलमा कतार विश्वकपमा जर्मनी हारबाट जोगिएको छ।अल बायत स्टेडियममा आइतबार भएको खेलमा जर्मनीले स्पेनविरुद्ध पुर्नरागमन गर्दै बराबरी गरेको हो। 

खेलको ८३ औँ मिनेटमा निकलस फ्युलक्रगको गोलमा जर्मनीले स्पेनसँग एक एक गोलको बराबरी खेलेको हो। बराबरीसँगै समूह चरणमा १ अंक जोडेको जर्मनीको अघिल्लो चरण पुग्ने सम्भावना कायम भएको छ। स्पेन भने ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। 

समान ३ अंक भएको जापान दोस्रो र कोस्टारिका तेस्रो स्थानमा छ। पहिलो हाफमा गोलरहित सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको हो। 

खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मोराटाले स्पेनलाई १–० को अग्रता दिलाए। 

जोर्डी अल्बाको पासमा उनले डिबक्सभित्रबाट गरेको प्रहारले जालि चुम्यो।अन्तिम समयमा स्पेन सम्हालिन नसक्दा जर्मनीसँग अंक बाँड्न बाध्य भयो। त्यसपछि पनि दुवै टोलीले आक्रमण गरे पनि गोल गर्न असफल भए। 

समूह चरणको पहिलो खेलमा जर्मनी जापानसँग २–१ ले पराजित भएको थियो। स्पेनले कोस्टारिकालाई ७–० ले पराजित गरेको थियो। स्पेनसँग लज्जास्पद हार व्यहोरेको कोस्टारिकाले आइतबार जापानलाई हराएसँगै समूहका चारवटै टोलीका लागि नकआउट चरण सम्भावना  खुल्ला भएको हो। 

२०१८ को विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिँला स्पेन अन्तिम १६ बाट बाहिरिएको थियो। यसअघि २०१० को विश्वकपमा पनि यी टोली भिडेका थिए।

सेमिफाइनलमा स्पेनले जर्मनीलाई १–० ले पराजित गरेको थियो। जर्मनीले पछिल्लो पटक २०१४ मा विश्वकप जितेको थियो। जर्मनीले उपाधि जित्दा अर्जेन्टिनालाई १–० ले पराजित गरेको थियो। विश्वकपमा स्पेन र जर्मनी १२ वर्षपछि समूह चरणमा भेट भएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad