ad ad

खेल


गोल्डेन बुटमा अघि लागे एम्बाप्पे

गोल्डेन बुटमा अघि लागे एम्बाप्पे

नेपालखबर
मंसिर १८, २०७९ आइतबार २३:१३, काठमाडौँ

कतार विश्वकपमा गोल्डेन बुटको दौडमा फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले स्पष्ट अग्रता लिएका छन्। उनले ४ खेलमा ५ गोल गर्दै प्रतिस्पर्धीलाई २ गोलले पछि पारेका हुन्। 

अन्य ६ खेलाडीले समान ३ गोल गरेका छन्। नकआउट चरणका खेल चलिरहँदा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी र फ्रान्सकै ओलिभर जिरुड थपिएका छन्। समूह चरणमा समान २ गोल गरेका मेस्सी र जिरुडले नकआउटमा १/१ गोल थपेका हुन्। 

जिरुडले पोल्याण्डविरुद्ध र मेस्सीले अष्ट्रेलियाविरुद्ध गोल गर्दै टोलीलाई क्वर्टर फाइनलमा पुर्‍याए। 

यस्तै स्पेनका अल्भारो मोराटा, नेदरल्याण्ड्सका कोडी गोक्पो, इक्वेडरका इनर भ्यालेन्सिया, इङ्ल्याण्डका मार्कस रासफोर्डले पनि ३ गोल गरेका छन्। भ्यालेन्सियाको टिम इक्वेडर समूहचरणबाटै बाहिरिएकाले गोल्डेनबुट जित्ने उनको सम्भावना सकिएको छ। मोराटा र रासफोर्डले एक खेल कम खेलेका छन्। 

एमबाप्पेले पोल्याण्डविरुद्ध २ गोल गरेका हुन्। खेलको ७४ औं मिनेटमा पहिलो गोल गरेका उनले अतिरिक्त समयको पहिलो मिनेटमै दोस्रो गोल गरेका हुन्। 

यसअघि डेनमार्कविरुद्ध पनि उनले दुई गोल गरेका थिए। समूह चरणको अन्तिम खेलमा भने उनलाई रिजर्भमा राखिएको थियो। खेलमा फ्रान्स पछि परिसकेपछि मैदान प्रवेश गरे पनि गोल गर्न सकेनन्। पहिला खेलमा अष्ट्रेलियालाई ४–१ ले पराजित गर्दा पनि उनले एक गोल गरेका थिए। 

यसअघि २०१८ मा फ्रान्सले विश्वकप जिते पनि गोल्डेनबुट भने इङ्ल्याण्डका ह्यारी केनले गरेका थिए। उनको टोली सेमिफाइनलबाटै बाहिरिए पनि केनले ६ गोल गर्दै गोल्डेनबुट जितेका थिए। २०१४ मा जर्मनीले विश्वकप जित्दा कोलम्बियाका जेम्स रोड्रिग्वेजले जितेका थिए। 

२०१० मा स्पेनले विश्वकप जित्दा पनि जर्मनीका थोमस मुलरले जितेका थिए। त्यतिबेला उनले ५ गोल गरेका थिए। २००६ मा इटलीले विश्वकप जित्दा पनि गोल्डेनबुट भने जर्मनीका मिरोसलव क्लोसेले जितेका थिए। 

यसअघि २००२ मा भने विश्वकप जितेको ब्राजिलकै स्टार रोनाल्डोले गोल्डेन बुट पनि जितेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .