ad ad

खेल


स्पेनिस लिगबाटै फुटबल सिकेका बोउनोउ, जसले स्पेनको विश्वकप यात्रा टुंग्याइदिए

स्पेनिस लिगबाटै फुटबल सिकेका बोउनोउ, जसले स्पेनको विश्वकप यात्रा टुंग्याइदिए

नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १४:२९, काठमाडौँ

फिफा विश्वकपअन्तर्गत अन्तिम १६ को खेलमा अनपेक्षितरुपमा स्पेन मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरियो। 

स्पेनलाई विश्वकपको क्वार्टरफाइनलमा पुग्नबाट रोक्ने नायक थिए–मोरक्कोका गोलकिपर यासिने बोउनोउ। 

खेलका क्रममा स्पेनले गरेका केही उत्कृष्ट आक्रमण बचाउँदै खेललाई पेनाल्टीसम्म पुर्‍याएका उनले स्पेनका तीनै पेनाल्टी रोकिदिए। 

पूर्व विश्वविजेतासमेत रहेको स्पेनलाई घर फर्काएसँगै अहिले उनै बोउनोउको चर्चा चुलिएको छ। 

बोउनोउले मारक्कोको क्लब वीडाड कासाब्लान्सा स्कुलबाट आफ्नो व्यावसायिक फुटबल सुरु गरेका थिए। 

उनले सन् २००९/१० को सिजनमा स्थानीय लिग च्याम्पियन्सिपको उपाधि जिताएका थिए। साथै उनले सन् २०११ मा अफ्रिकी च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो। 

उनी सन् २०१२ मा स्पेनिस लिगमा आबद्ध भएका थिए। उनले धेरै स्पेनिस क्लबमा खेले। उनको अन्तिम क्लब भने सेभिल्ला हो। 

उनले यो क्लबसँगको सम्झौता सन् २०२५ सम्म लम्ब्याएको छ। उनी मोरक्कोको टोलीका पहिलो रोजाइका गोलकिपर हुन्। 

बोउनोउ कतार विश्वकपमा नयाँ इतिहास लेख्ने संकल्पका साथ अघि बढेका छन्। सोही अनुसार उनले टोलीलाई पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुर्‍याएका छन्। 

को हुन् यासिन बोउनोउ? 
यासिन बोउनोउको जन्म क्यानडाको मोन्ट्रेअलमा सन् १९९१ मा भएको हो। उनका बाबु मोरक्कोका इन्जिनियर र हिसानिया स्कुलका पूर्वप्राध्यापक पनि हुन्। 

उनी बाल्यकालमै आफ्ना परिवारसहित मोरक्को फर्किएका थिए। त्यसपछि उनीहरु मोरक्कोको सबैभन्दा ठूलो सहर मार्स अल–सुल्तान क्षेत्रमा बस्न थाले। जहाँ उनको खेल यात्रा सुरु भएको थियो। 

यासिन बोउनोउ अरेबिक, इंग्लिस, स्पेनिस र फ्रेन्च भाषा राम्रोसँग बोल्न सक्छन्। उनको एउटा छोरा पनि छ। 

फुटबलमा उनको रुचिलाई देखेर उनका बाबुले उनलाई फुटबल सिकाउन आठ वर्षको उमेरमा वीडाड कासाब्लान्सा स्कुलमा भर्ना गरिदिएका थिए। 

त्यसको दुई वर्षपछि उनको कद र प्रतिभा हेरेर प्रशिक्षकले उनलाई गोलकिपरको भूमिका दिए। 

त्यसपछि उनले विश्वका उत्कृष्ट गोलकिपरको भिडियो हेर्दै आफूमा निखारता ल्याउने प्रयास गर्न थाले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .