विश्वकप फुटबलमा ब्राजिल र क्रोएसियाले निर्धारित समय र अतिरिक्त समयमा पनि बराबरी खेलेका छन्। खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइने भएको छ।
निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। अतिरिक्त समयमा १–१ को बराबरी भएको हो।
खेलको १०६ मिनेटमा ब्राजिलले अग्रता लिए पनि क्रोएसियाले ११७ मिनेटमा बराबरी गोल फर्काएको हो। क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले बराबरी गोल फर्काएका हुन्। त्यसअघि नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए।
अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइने भएको हो।
66
Shares
प्रतिक्रिया