खेल


अर्जेन्टिनासँग हारेपछि नेदरल्याण्ड्सका प्रशिक्षकले दिए राजीनामा

अर्जेन्टिनासँग हारेपछि नेदरल्याण्ड्सका प्रशिक्षकले दिए राजीनामा

नेपालखबर
मंसिर २४, २०७९ शनिबार १९:३६, काठमाडौँ

कतार विश्वकपमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएसँगै नेदरल्याण्ड्सका मुख्य प्रशिक्षक लुइस भान गालले राजीनामा दिएका छन्। 

शुक्रबार भएको खेलमा इन्ज्युरी समयको अन्तिम मिनेटमा डच टोलीले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। 

रोमाञ्चक खेलमा नेदरल्याण्ड्स अर्जेन्टिनासँग पराजित भयो। अन्तिम ८ बाटै बाहिरिएपछि नेदल्याण्ड्सका मुख्य प्रशिक्षकले राजिनामा दिएका हुन्। ७१ वर्षीय भान गालले भने –  ‘म अब निरन्तरता दिन चाहान्न, म यो समयको लागि मात्र थिएँ र यो नै मेरो अन्तिम खेल थियो।’

भान गालले थपे,  ‘मेरो प्रशिक्षणमा डच टोलीले २० खेल खेल्यो। यो नै पहिलो हार थियो। मलाई थाहा छैन, कति खेल जितँ तपाइहरुले गुगल गर्न सक्नुहुन्छ।’ 

भान गालको नेतृत्वमा नेदरल्याण्ड्सले २० खेलमा १४ जित र ६ खेलमा बराबरीको गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .