सुदूरपश्चिम


बुढीगंगामा बिहीबार मतदान : इन्स्पेक्टरको कमाण्डमा मतदानस्थल सुरक्षा

बुढीगंगामा बिहीबार मतदान : इन्स्पेक्टरको कमाण्डमा मतदानस्थल सुरक्षा

गोकुल जोशी
असार २२, २०७९ बुधबार २१:१६, कञ्चनपुर

बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार (भोलि) हुने स्थानीय निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ।

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। 

मतदानस्थल र मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट सिनियर अधिकृतको कमाण्डमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ। 

बुढीगंगामा १० वटा मतदानस्थल रहेका छन्। त्यहाँ सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली खटाइएको छ। 

निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारी मतदान केन्द्रमा पुगेका छन्। 

निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु हुने प्रशासनले जनाएको छ। 

१० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ९५ जना कर्मचारी खटाइएका छन्। 

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो।

विवादपछि पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो। ३० वैशाखमा मतदानका क्रममा सुरक्षा कमजोरी गरेको भन्दै सिडिओ, नेपाल प्रहरी र शसस्त्र प्रहरीका डीएसपीलाई हटाइएको थियो।

बुढीगंगा नगरपालिकाको मेयरमा एमालेबाट रामबहादुर बानियाँ, उपमेयरमा माया कुँवर र नेपाली कांग्रेसबाट मेयरमा रंग खाती र उपमेयरमा रिता शाही उम्मेदवार छन्।

नगरपालिकामा १२ हजार ६ सय ५९ मतदाता रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad