आइतबारदेखिको वर्षाले कैलालीको मोहना नदीमा जलस्तर सतर्कता तह नाघेको छ।
जिल्ला प्रहरी कार्यालय (कैलाली) का अनुसार पहाडी भेगमा वर्षा भइरहेकाले जलस्तर थप बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ सरेकाले सुदूरपश्चिममा आइतबारदेखि वर्षा भइरहेको छ। कञ्चनपुर र कैलालीका केही स्थानमा भारी वर्षा भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज थप वर्षा हुनेछ।
यहाँका नदी, खोलामा आकस्मिक बाढी आउनाका साथै होचा ठाँउमा डुबान हुनसक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
30
Shares

प्रतिक्रिया