सुदूरपश्चिम


एमाले प्रवेश गर्दै कुलबीर, समाजवादीको निर्देशनमा राज्यमन्त्रीबाट हटाइयो

एमाले प्रवेश गर्दै कुलबीर, समाजवादीको निर्देशनमा राज्यमन्त्रीबाट हटाइयो

नेपालखबर
भदौ १५, २०७९ बुधबार १४:३६, महेन्द्रनगर

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलबीर चौधरीलाई पदबाट हटाइएको छ।

नेकपा एकीकृत समाजवादीले चौधरीलाई पदबाट हटाउन भनेपछि पदमुक्त गरिएको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले जानकारी दिए। 

उनी नेकपा एमालेमा प्रवेश गर्ने खबर पाएपछि पार्टीले मन्त्री पदबाट हटाउन निर्देशन दिएको हो। 

बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महेन्द्रनगरमा सम्बोधन गर्ने जनसभामा चौधरीसहित एकीकृत समाजवादी र माओवादीका नेताहरु एमाले प्रवेश गर्दैछन्।

चौधरी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .