ad ad

सुदूरपश्चिम


स्कुल जान भनेर घरबाट निस्किएकी थिइन्, ४ दिनपछि खोलामा मृत भेटिइन्

स्कुल जान भनेर घरबाट निस्किएकी थिइन्, ४ दिनपछि खोलामा मृत भेटिइन्

आस्था शर्मा


गोकुल जोशी
भदौ २४, २०७९ शुक्रबार ११:४१, कञ्चनपुर

कैलालीमा चार दिनदेखि बेपत्ता किशोरी शुक्रबार मृत अवस्थामा भेटिएकी छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१३ की १६ वर्षीया आस्था शर्मा मृत अवस्थामा भेटिएकी हुन्।

धनगढी उपमहानगरपालिका–२ स्थित मोहना नदीमा किशोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले बताए।

‘आफन्तले आस्था नै हो भनेर सनाखत गरेका छन्,’ उनले भने, ‘अहिले हामी घटनास्थलको काम गर्दैछौँ।’

किशोरीको साथमा कविता लेखिएको कागजको मुनि ‘आस्था शर्मा’ लेखिएको कागज पनि भेटिएको छ।

मृतक शर्मा बोराडाडीस्थित त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्थिन्। यही भदाै २० गते बिहान ८ बजे उनी ‘स्कुल जान्छु’ भनेर घरबाट निस्किएकी थिइन्।

त्यसपछि उनी घरपरिवारसँग सम्पर्कमा थिइनन्। बेपत्ता भएकी आस्था सो दिन स्कुलसमेत नगएको खुलेको छ।

‘स्कुल जान्छु’ भनेर घरबाट निस्किएकी उनी बेलुकासम्म पनि घर नफर्किएपछि घरपरिवारले खोजी कार्यका लागि प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। शुक्रबार उनै आस्था मृत भेटिएकी हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .