सुदूरपश्चिम


सुदूरपश्चिमका २१ सिटका लागि कांग्रेसबाट ५१८ सिफारिस

सुदूरपश्चिमका २१ सिटका लागि कांग्रेसबाट ५१८ सिफारिस

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १७:५५, काठमाडौँ

सुदूरपश्चिम प्रदेशसभाका समाुनपातिकतर्फका २१ सिटका लागि नेपाली कांग्रेसमा ५ सयभन्दा बढी आकांक्षी देखिएका छन्। 

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने २१ सिटका लागि कांग्रेसबाट मात्रै सुदूरपश्चिममा ५१८ जना आकांक्षी देखिएका हुन्।  

कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिले ३२ प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ उम्मेदवार बन्न इच्छुक ५१८ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। 

प्रदेश कार्यसमिति सदस्य सुरत रावतले जिल्ला कार्यसमितिहरुले गरेको सिफारिसका आधारमा ५१८ जना आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिएको जानकारी दिए। 

नेपालखबरलाई प्राप्त तथ्यांकअनुसार समानुपातिकतर्फ प्रदेशसभा सदस्यका लागि सबैभन्दा बढी कैलाली–५ ‘ख’ बाट सिफारिस भएका छन्। 

कैलाली–५ ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फ ३६ जनाको नाम सिफारिस गरिएको छ।  

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फ कांग्रेस केन्द्रीय सदस्य तथा प्रथम महिला डा. आरजु राणा देउवाको नाम सर्वसम्मत सिफारिस भएको छ। 

प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ कैलाली–१ ‘क’ बाट १२ र ‘ख’ बाट १३, कैलाली–२ ‘क’ बाट २५ र ‘ख’ बाट २१, कैलाली–३ ‘क’ बाट २० र ‘ख’ बाट ५, कैलाली–४ ‘क’ बाट २० र ‘ख’ बाट ११, कैलाली–५ ‘क’ बाट १३ र ‘ख’ बाट ३६ जना सिफारिसमा परेका छन्। 

यस्तै बझाङ–१ ‘क’ बाट २३ र ‘ख’ बाट १५, दार्चुला–१ ‘क’ बाट १३ र ‘ख’ बाट १५, डडेल्धुरा–१ ‘क’ बाट १३ र ‘ख’ बाट २०, डोटी–१ ‘क’ बाट १६ र ‘ख’ बाट ११, बैतडी–१ ‘क’ बाट १८ र ‘ख’ बाट २४ तथा बाजुरा–१ ‘क’ बाट ७ र ‘ख’ बाट २१ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ। 

तथ्यांकअनुसार कञ्चनपुर–१ ‘क’ बाट ९ र ‘ख’ बाट ८, २ ‘क’ बाट १३ र ‘ख’ बाट २१, ३ ‘क’ बाट २४ र ‘ख’ बाट १३ तथा अछाम–१ ‘क’ बाट २० र ‘ख’ बाट १३, २ ‘क’ बाट १८ र ‘ख’ बाट २४ जनाको नाम सिफारिसमा परेको छ। 

सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय छ। जसमा ३२ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र २१ जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन्छन्। 

समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका २१ जना सांसदहरु मध्ये सबैभन्दा बढी खस आर्य समुदायबाट १२ जना सांसद निर्वाचित हुन्छन्। 
सुदूरपश्चिममा थारु र दलित समुदायबाट ४÷४ जना सांसद निर्वाचित हुँदा आदिवासी जनजाति समुदायबाट १ जना छानिन्छन्। 

सुदूरपश्चिमबाट दलित र थारु ४–४ जना छानिदा मधेसी र मुस्लिमको समानुपातिक प्रतिनिधि भने हुँदैन।

संघीय सांसदका लागि समानुपातिकतर्फ ११२ जना सिफारिस
प्रदेश कार्यसमितिले सुदूरपश्चिमका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट समानुपातिक प्रणालीबाट संघीय सांसदका आकांक्षी ११२ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।

प्रतिनिधिसभामा पनि समानुपातिकतर्फ सबैभन्दा बढी आकांक्षी कैलाली–५ मै देखिएका छन्। यहाँबाट १३ जनाको नाम समानुपातिक प्रणालीतर्फको उम्मेदवारका लागि सिफासिर गरिएको छ। 

समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि कैलाली–१ बाट ९, २ बाट ६, ३ बाट ६, ४ बाट ४ र ५ बाट १३ जनाको नाम सिफारिस भएको प्रदेश कार्यसमितिले जनाएको छ। 

कञ्चनपुर–१ बाट १, २ बाट १० र ३ बाट ११, अछाम–१ र २ बाट समान ७÷७, बझाङबाट ११, दार्चुलाबाट ४, डडेल्धुराबाट ४, बैतडीबाट ४ र बाजुराबाट ८ जना प्रतिनिधिसभातर्फ सिफारिस भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .