ad ad

सुदूरपश्चिम


डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प : ६ जनाको मृत्यु, ५ व्यक्ति घाइते

डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प : ६ जनाको मृत्यु, ५ व्यक्ति घाइते

डोटीमा भूकम्पले भत्काएको घर र डरले राति घरबाहिर निस्केका स्थानीय।


गोकुल जोशी
कात्तिक २३, २०७९ बुधबार ६:२४, कञ्चनपुर

डोटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ व्यक्ति घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पूर्वीचौकी गाउँपालिका–३ टाढा गाउँमा घर भत्किँदा एकै परिवारका तीन जनासहित ६ जनाको मृत्यु भएको हो। 

घर भत्किएर ३० वर्षीय भगवतीदेवी बोहरा, उनका १३ वर्षीया छोरी सीता बोहरा, छोरा ७ वर्षीय हर्क बोहरा, ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र १६ वर्षीया धनसरी बोहराको मृत्यु भएको डीएसपी भोला भट्टले जानकारी दिए।

यसैगरी घाइते हुनेमा ४० वर्षीया इनाकीदेवी बोहरा, ११ वर्षीया धौली बोहरा, ४५ वर्षीया विष्णादेवी बोहरा, ४६ वर्षीया चानादेवी बोहरा र ५० वर्षीय माद्धावीर बोहरा छन्।

डीएसपी भोला भट्टका अनुसार भूकम्पले डोटीमा ८ वटा घर भत्किएका छन्। उद्धारमा नेपाली सेनाको टोली खटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .