सुदूरपश्चिम


डोटी : भूकम्पको डरले खुला आकाशमुनि

डोटी : भूकम्पको डरले खुला आकाशमुनि

गोकुल जोशी
कात्तिक २३, २०७९ बुधबार ७:१७, कञ्चनपुर

डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ व्यक्ति घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पूर्वीचौकी गाउँपालिका–३ टाढा गाउँमा घर भत्किँदा एकै परिवारका तीन जनासहित ६ जनाको मृत्यु भएको हो। 

घर भत्किएर ३० वर्षीय भगवतीदेवी बोहरा, उनका १३ वर्षीया छोरी सीता बोहरा, छोरा ७ वर्षीय हर्क बोहरा, ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र १६ वर्षीया धनसरी बोहराको मृत्यु भएको डीएसपी भोला भट्टले जानकारी दिए।

यसैगरी घाइते हुनेमा ४० वर्षीया इनाकीदेवी बोहरा, ११ वर्षीया धौली बोहरा, ४५ वर्षीया विष्णादेवी बोहरा, ४६ वर्षीया चानादेवी बोहरा र ५० वर्षीय माद्धावीर बोहरा छन्।

डीएसपी भोला भट्टका अनुसार भूकम्पले डोटीमा ८ वटा घर भत्किएका छन्। उद्धारमा नेपाली सेनाको टोली खटिएको छ।

मंगलबार मध्यराति २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ।

यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दिपायल केन्द्रबिन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो।

गैरागाउँमा ८ घर भत्किएको र पटकपटक परकम्प गएपछि स्थानीय त्रसित छन्। डरले घरबाहिर निस्किएर उनीहरूले चिसोमा खुला आकाशमुनि रात बिताएका छन्।

‘अहिले पराकम्प रोकिएको छ, आपतकालीन रुपमा सुरक्षित स्थानमा सार्न तयारी अवस्थामा बसेका छौ,’ डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले भनिन्, ‘केही घर भत्किएका छन्, पूर्ण विवरण आएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .