ad ad

सुदूरपश्चिम


एमाले कार्यकर्ताको हत्यापछि बाजुरा तनावग्रस्त, मार्तडी बजारमा प्रहरीको बाक्लो गस्ती

एमाले कार्यकर्ताको हत्यापछि बाजुरा तनावग्रस्त, मार्तडी बजारमा प्रहरीको बाक्लो गस्ती

गोकुल जोशी
मंसिर ५, २०७९ सोमबार १२:१६, कञ्चनपुर

नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता चेतन अयडीको हत्यापछि बाजुरा तनावग्रस्त भएको छ। आन्दोलनमा उत्रिएको अनेरास्ववियु सदरमुकाम मार्तडी बजार बन्द गरेको छ। उनीहरुले बजारमा टायर बालेका छन्।

बजार क्षेत्रमा आन्दोलन चर्किएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बजार क्षेत्रमा गस्ती बाक्लो पारेका छन्। 

त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट आइतबार राति ३२ वर्षीय चेतन अयडीको ज्यान गएको थियो। 

विवाद हुँदा कुटपिटबाट घाइते भएका अयडी उपचारका लागि राति नै बयलपाटा अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। 

अयडीको शव अहिले बयलपाटा अस्पताल अछाममा राखिएको छ। 

घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ। मृत्यु भएका ऐडी नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य हुन। 

दिउँसो कांग्रेस कार्यकर्तासंग विवाद भएकाले उनीहरुले नै आक्रमण गरेको आशंका गरिएको छ। यसअघि आइतबार मतदानको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच फर्जी मतको विषयमा विवाद भएको थियो। 

दुई पक्षले मतपेटिका खोसाखोस गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। गोली लागेर २३ वर्षीय युवक सञ्जिव ऐडीको ज्यान गएको थियो भने अन्य तीन जना घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .