सुदूरपश्चिम


सभामुखको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्ने

सभामुखको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्ने

कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारी


नेपालखबर
पुस ३०, २०७९ शनिबार १९:३१, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले सुदूरपश्चिम प्रदेश सभामुखको निर्वाचनमा आफूहरु तटस्थ बस्ने बताएका छन्।

प्रदेश सभाको बैठकमा बोल्दै उनले नागरिक उन्मुक्ति पार्टीले अघि सारेका मागहरु व्यवहारतह सम्बोधन नभएकाले सभामुखको निर्वाचनमा नागरिक उन्मुक्ति तटस्थ बस्ने बताएका हुन।

‘मौखिम रुपमा आश्वासन पाउने तर व्यवहारमा लागू नहुने स्थिती छ, त्यही भएर सभामुख चयन प्रक्रियामा नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्छ, बस्न आग्रह गर्छँ,’ उनले भने।

सभामुखका लागि कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारीले मनोनय दर्ता गराएका छन्।

शनिबार सभामुख चयनका लागि प्रदेश सभा बैठक जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad