सुदूरपश्चिम


सभामुख चयनको अन्तिम ‘डेटलाइन’: सुदूरपश्चिम प्रदेशसभा बैठक अझै सुरु भएन

दलहरु छलफलमै
सभामुख चयनको अन्तिम ‘डेटलाइन’: सुदूरपश्चिम प्रदेशसभा बैठक अझै सुरु भएन

फाइल तस्बिर।


नेपालखबर
माघ २, २०७९ सोमबार ९:३९, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु हुन सकेको छैन।

सोमबार बिहान ९ बजे बस्ने तोकिएको बैठक अझै सुुरु हुन नसकेको प्रदेश सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर कुँवरले बताए। 

उनका अनुसार अहिले सर्वदलीय बैठक चलिरहेको छ। दुई पटक प्रदेश सभाबाट सभामुख चयन हुन नसकेपछि फेरि आज प्रदेश सभा बैठक बस्ने कार्यतालिका थियो। 

‘सभामुख चयन प्रक्रियामा अब कसरी जाने भनेर सर्वदलीय बैठक चलिरहेको छ। बैठकले के निर्णय गर्छ, त्यसै अनुसार बैठक अगाडि बढ्छ,’ कुँवरले भने, ‘सर्वदलीय बैठकको निर्णय कुरेर बसेका छौं।’

२८ र ३० गते भएको सभामुखको मतविभाजनमा सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावल कसैले पनि बहुमत प्राप्त गरेका थिएनन्।

सुदूरपश्चिम प्रदेश संवैधानिक संकटको खतरान्मुख छ। शनिबारसम्म सभामुख चयन गरिसक्नु पर्छ। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र त्यसपछि सभामुखले उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ।

१८ पुसमा बसेको प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकले २८ पुसमा सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो। त्यस दिन कसैको बहुमत नआएपछि ३० मत पनि मतविभाजन भएको थियो। तर त्यसमा पनि कसैको बहुमत आएन।

सोही अनुसार दुई÷दुई पटक सभामुखको मतविभाजन भएपनि कसैले बहुमत नल्याउँदा सभामुख चयन गरिसक्नु पर्ने समय सीमा घर्किदा संवैधानिक संकट आउनसक्ने खतरा बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad