ad ad

सुदूरपश्चिम


बालिका बलात्कारको आरोपमा पक्राउ अनाथालयका वार्डेन कारागार चलान

बालिका बलात्कारको आरोपमा पक्राउ अनाथालयका वार्डेन कारागार चलान

गोकुल जोशी
फागुन १८, २०७९ बिहिबार २१:३, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुख (वार्डेन) शंकर बहादुर चन्द पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत कञ्चनपुरले जबरजस्ती करणी र गर्भपतन कसुरमा चन्दलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको हो। यस्तै, बालयौन दुरुपयोग कसुरमा ५० हजार धरौटी माग गरेको छ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश पदमराज पाण्डेको इजलाशले अभियुक्त चन्दलाई बाल यौन दुरुपयोग मुद्दामा धरौटी माग तथा जबरजस्ती करणी र गर्भपतन मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको  श्रेस्तेदार जयन्ती अवस्थी भट्टले जानकारी दिइन्।

वार्डेन चन्दमाथि अनाथालयमा बस्दै आएका अनाथ नाबालिकाहरुलाई विगत एक वर्षदेखि जबरजस्ती करणी गरेर गर्भपतन गराएको आरोप छ। 

अनाथालयका अन्य बालबालिकाहरु विद्यालय गएको समयमा अफिस कोठामा बोलाई चकलेट÷चाउचाउ दिन्छु भन्दै पटक पटक अनाथालयमा बस्ने नाबालिकाहरुलाई यौन दुर्व्यवहार र जबरजस्ती करणी गर्ने गरेको आरोप छ।

चन्दले अनाथालयमा बस्ने तीन जना बालिकामध्ये एकलाई यौन दुर्व्यवहार र बलात्कारको शिकार भएका दुईमध्ये एकको गर्भपतन गराएका थिए।

१४ वर्षीया बालिकासँगको अनैतिक सम्बन्धमा गर्भ रहेको थियो। त्यसपछि वार्डेन चन्दले माघ १४ गते औषधि सेवन गराएर गर्भपतन गराएका थिए।

त्यसपछि घटना बाहिरिएको थियो। १७ माघमा चन्द पक्राउ परेपछि अन्य बालिका पनि उनी विरुद्ध प्रहरीको सम्पर्कमा पुगेका थिए।

अनाथालयका वार्डेनविरुद्ध दुई बालिकाको बलात्कार जाहेरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .