बैतडीको मेलौली नगरपालिका–७ मा रहेको रिसब होटलमा बेहोस अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ।
मृत्युु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ का ५७ वर्षीय रनि चन्द रहेका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
भारतबाट फर्किएर घर जाने क्रममा रहेका चन्द जेठ ११ गतेदेखि उक्त होटलमा बसिरहेका थिए। आज बिहान खान खान होटलका कर्मचारीले बोलाउँदा चन्द बेहोस अवस्थामा फेला परेका थिए।
बेहोस फेला परेका चन्दको उपचारका क्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो। चन्दको के–कति कारणले मृत्युु भएको हो भन्नेबारे खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेठ १३, २०८०, शनिबार
111
Shares
प्रतिक्रिया