ad ad

सुदूरपश्चिम


चलिरहेको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

चलिरहेको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

नेपालखबर
जेठ २४, २०८० बुधबार २०:२३, कञ्चनपुर

कैलालीमा बुधबार मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिका– ३ ठेकीपुल भजनीमा चल्दै गरेको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु भएको हो।

भजनी नगरपालिका–८ का ३४ वर्षीय ओमप्रकाश डगौराले चलाएको बा.५६ प. ४६२१ नम्बरको मोटरसाइकल पछाडि सवार सोही ठाउँकी ५० वर्षीय जानकी देवी डगौराको मत्यु भएको प्रहरीले जनाएको छ।

चल्दै गरेको मोटरसाइकलबाट खसेर उनको टाउकोमा गम्भीर चोट लागेको थियो। प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा जानकीको मृत्यु भएको हो।

मोटरसाइकल र चालकलाई अहिले ईलाका प्रहरी कार्यालय भजनीको नियन्त्रणमा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .